विद्यालय शिक्षा विधेयक-२०८० टुंगोमा पुर्याउन मन्त्री पन्त गम्भीर, जेठ १५ भित्र निर्णयको लक्ष्य
1 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ ७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक-२०८० लाई टुंगोमा पुर्याउन आफू गम्भीर रहेको बताएका छन्। सिंहदरबारमा बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदनमाथि छलफलका क्रममा उनले विधेयकका कतिपय विषयमा राजनीति तहमा सहमति आवश्यक रहेको उल्लेख गर्दै सहमति भएका विषयलाई अघि बढाउने र बाँकी विषयमा अन्तिम निर्णयका लागि निरन्तर छलफल गर्ने सुझाव दिएका छन्।
समिति सभापति अम्म्बबहादुर थापाले जेठ १५ गते बजेट अघि नै विधेयक टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका छन्। उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि चरणबद्ध योजना ल्याउनुपर्ने र राज्यलाई एकैपटक भार नपर्ने गरी सुधार अघि बढाउनुपर्ने बताए। यसअघि उपसमितिले १५ परिच्छेद र १६३ दफामाथि छलफल गरी १०८ बुँदाको प्रतिवेदन समितिसमक्ष पेस गरिसकेको छ।
कमेन्ट गर्नुहोस्
view comments