शिक्षक आन्दोलनले प्रभावित पठनपाठन पूर्ति गर्न विद्यालयहरूलाई हिउँदे वा वर्षे बिदामा पनि कक्षा सञ्चालन गर्न मन्त्रालयको आग्रह
6 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ १ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सम्पन्न शिक्षक तथा कर्मचारीको आन्दोलनका कारण प्रभावित भएको पठनपाठन पूर्ति गर्न सामुदायिक विद्यालयलाई हिउँदे वा वर्षे बिदाको अवधिमा पनि कक्षा सञ्चालन गर्न अनुरोध गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आन्दोलनले विद्यार्थी भर्ना र पठनपाठनमा असर पारेकाले विद्यालयको आवश्यकतालाई ध्यानमा राखी उपयुक्त समयमा पढाइ सञ्चालन गर्न आग्रह गरेको हो।
विज्ञप्तिमा आन्दोलनको समयमा शिक्षक तथा कर्मचारीको अनुपस्थिति व्यवस्थापन गर्दै मनोबल उच्च राख्न र विद्यालयको प्रशासनिक प्रबन्ध सुधार गर्नुपर्ने उल्लेख गरिएको छ। हाल शिक्षकहरू विद्यालय फर्केर नियमित कार्यमा सक्रिय भएका सन्दर्भमा मन्त्रालयले स्थानीय तह, विद्यालय र सरोकारवालाहरूलाई समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्बाह गर्न विशेष अनुरोधसमेत गरेको छ, ताकि सिकाइ उपलब्धिमा गुणात्मक सुधार ल्याउन सकियोस्।
कमेन्ट गर्नुहोस्
view comments