आज प्रदेश २ मा सार्वजनिक बिदा

4 वर्ष पहिले प्रकाशित

जकपुरधाम, मंसिर २२ गते

जनकपुरमा आज धुमधामसित मनाउन लागिएको सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा रहेको छ ।

प्रदेश २ सरकारले महामहोत्सवको रुपमा मनाउन विवाहपञ्चमीको लागि आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।आजको सार्वजनिक बिदा प्रदेश सरकारको क्यालेण्डमा उल्लेख छ ।

यधपी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चीको अवसरमा आज बिदा रहेको घोषणा गरिसकेका छन् ।

विवाहपञ्चमीको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्रका शैक्षिक संस्थामा तीनदिनका लागि सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?