कक्षा १२ को परीक्षा आजदेखि सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी
5 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख २१ गते । कक्षा १२ को वार्षिक परीक्षा आज (जेठ १ गते) देखि देशभर सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा जेठ २ गतेसम्म जारी रहनेछ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक कुल ५ लाख ११ हजार २२५ विद्यार्थी परीक्षा दिँदैछन्। नियमिततर्फ ५ हजार २०२ विद्यालयबाट १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रासहित कुल ३ लाख ९५ हजार ९०८ जना सहभागी छन् भने आंशिकतर्फ १ लाख १५ हजार ६१७ परीक्षार्थी छन्।
बोर्ड अध्यक्ष महाश्रम शर्माले सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै विद्यार्थीहरूलाई ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन्।
देशभर १ हजार ५९० तथा जापानमा १ परीक्षा केन्द्रसहित कुल १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको छ। सबैभन्दा धेरै केन्द्र काठमाडौंमा १६२ रहेका छन् भने मनाङ र मुस्ताङमा १–१ परीक्षा केन्द्र तोकिएको छ।
परीक्षाको व्यवस्थापनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, झन्डै २ हजार कर्मचारी, प्रत्येक केन्द्रमा कम्तीमा १ कार्यालय सहयोगी तथा २० हजार सुरक्षाकर्मी खटाइएको छ।
सबैभन्दा कम ४५ परीक्षार्थी मनाङबाट सहभागी हुँदैछन् भने सबैभन्दा धेरै ६८ हजार १३३ विद्यार्थी काठमाडौंबाट परीक्षा दिँदैछन्।
कमेन्ट गर्नुहोस्
view comments