विद्यालय शिक्षा ऐनका लागि संघर्षरत शिक्षक आन्दोलन असार १५ सम्म स्थगित, थप आन्दोलनको चेतावनी

3 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १८ गते । ‘कि जितिन्छ, कि बितिन्छ’ भन्ने नारासहित काठमाडौंको सडकमा उत्रिएका शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्ने सरकारी प्रतिबद्धतासँगै आन्दोलन असार १५ सम्मका लागि स्थगित गरेका छन्। बुधबार सरकारसँग भएको सहमतिपछि शिक्षकहरूले तत्कालका आन्दोलनका कार्यक्रम स्थगित गरे पनि असार १५ मा ऐन जारी नभए अझ ठूलो संघर्ष छेड्ने चेतावनी दिएका छन्।

शिक्षक महासंघ, राष्ट्रिय शिक्षक संगठनलगायतका संगठनहरूले ऐन जारी नभएसम्म आन्दोलन नछाड्ने अडान लिएका थिए। गृहमन्त्री रमेश लेखकले ‘अब सरकारले घर–घरमा ऐन पुर्‍याउने’ प्रतिक्रिया दिए पनि सामाजिक सञ्जालमा केही शिक्षकहरूले ‘न जितियो, न बितियो, खल्ती मात्रै रित्तियो’ भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र सहअध्यक्ष नानुमाया पराजुलीले आन्दोलन पूर्ण रूपमा सकिएको नभई असार १५ लाई लक्ष्य बनाएर रणनीतिक विश्राम लिएको स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?