शिक्षक महासंघको निर्णय–आन्दोलन कायम, मागबाट पछि नहट्ने

11 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख १७ गते । नेपाल शिक्षक महासंघले आफ्ना मागहरूबाट पछि नहट्ने स्पष्ट निर्णय लिँदै आन्दोलनलाई अझ सशक्त बनाउने निष्कर्ष निकालेको छ। बुधबार बिहान रत्नराज्य माध्यमिक विद्यालय, मध्यबानेश्वरमा बसेको महासंघको बैठकले हाल जारी आन्दोलनलाई कमजोर नपार्ने निर्णय गर्दै माग पुरा नभएसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएको हो।

शिक्षकहरू चैत २० गतेदेखि माइतीघर–बानेश्वर क्षेत्रकेन्द्रित सडक आन्दोलनमा छन्। उनीहरूले विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य माग राख्दै आएका छन्। महासंघले सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनबाट पछि नहट्ने अडान दोहोर्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?