नवनियुक्त शिक्षामन्त्री रघुजी पन्त आज शपथ ग्रहण गर्दै, आजै सम्हाल्ने छन् कार्यभार

7 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख ११ गते ।नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन्। अपराह्न चार बजे शीतल निवासमा हुने शपथ समारोहमा राष्ट्रपति पौडेलले उनलाई शपथ गराउने कार्यक्रम तय भएको हो।

पूर्वमन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो। एमाले सांसद पन्तले शपथ पछि आजै मन्त्रालयमा पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?