आन्दोलनमा रहेका शिक्षकको सडकमै हाजिरी, सरकारी विद्यालय ठप्प

8 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १० गते । सरकारी विद्यालयका शिक्षकहरू सेवा सुविधा सम्बन्धी माग राख्दै काठमाडौंमा आन्दोलनरत छन्। यतिका दिनदेखि विद्यालय नपुगी सडकमा समय बिताइरहेका शिक्षकहरूले भने दिनदिनै हाजिरी गर्न थालेको तथ्य फेला परेको छ। स्थलगत अनुगमनमा शिक्षकहरूले विद्यालयको रजिस्टर नै बोकेर आन्दोलनस्थलमै हाजिर गरिरहेको पाइयो। कतिपयले विद्यालयबाट हाजिरी उठाएर ल्याएको बताएका छन् भने केहीले नयाँ रजिस्टर बनाएर सडकमै हस्ताक्षर गरिरहेको जनाएका छन्।

एक शिक्षकले नाम नखुलाउने शर्तमा भने, "विद्यालय नगए पनि तलव त खानुपर्‍यो, त्यसैले सडकमै हाजिर गर्छौं।" आन्दोलनमा सहभागी नभई विद्यालय गएका शिक्षकहरूको हाजिरी काटिने अवस्था छ। एक शिक्षकका अनुसार, "जो आन्दोलनमा आउँदैन, गयल गरिदिन्छौं, तलव पाउने नपाउने कुरा महासंघले निर्धारण गर्छ।" वार्षिक परीक्षा सकिएपछि केही दिन विदा भएका सरकारी विद्यालयहरू अझै सञ्चालनमा आउन सकेका छैनन्, जबकि निजी विद्यालयहरू पुनः खुलिसकेका छन् र भर्ना प्रक्रियामा व्यस्त देखिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?