कक्षा १२ को परीक्षा तालिका फेरबदल, वैशाख २१ देखि सुरु हुने
29 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १० गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SEE) को नयाँ तालिका बुधबार सार्वजनिक गर्ने जानकारी दिएको छ। बोर्ड अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, नयाँ तालिका बोर्डको वेबसाइटमा प्रकाशित गरिनेछ र त्यसपछि गोरखापत्र दैनिकमा पनि छापिनेछ। यसअघि सार्वजनिक गरिएको तालिका अनुसार परीक्षा वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन हुने भनिएको थियो, तर अब परीक्षा वैशाख २१ गते बिहान ८ बजेदेखि सुरु हुने बताइएको छ।
परीक्षा मिति परिवर्तनको कारणबारे बोर्डले हाल सिर्जित विशेष परिस्थितिहरू, परीक्षार्थी तथा अभिभावकको चासो, साथै परीक्षा केन्द्रमा देखिन सक्ने प्राविधिक कठिनाइलाई उल्लेख गरेको छ। तालिका फेरबदलले परीक्षार्थी र अभिभावकमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै, बोर्डले विद्यार्थीहरूलाई नियमित रूपमा तयारी जारी राख्न आग्रह गरेको छ। साथै, परीक्षालाई मर्यादितरूपमा सम्पन्न गर्न सम्बन्धित सबै सरोकारवालासँग सहयोगको अपिल समेत गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments