शिक्षक आन्दोलनबीच कक्षा १२ को परीक्षा रोकिँदैन : परीक्षा बोर्डको निर्णय
6 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख ९ गते । शिक्षकहरूको आन्दोलन चर्किरहेका बेला परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको समयमै सञ्चालन गर्ने निर्णय गरेको छ। परीक्षाबारे निर्णय गर्न आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोकिने स्पष्ट पारेको हो। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, कुनै पनि कारणले परीक्षा प्रभावित हुन नदिने निर्णय बैठकबाट गरिएको छ।
गत २० चैतदेखि शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू आन्दोलनरत छन्। उनीहरूले माइतीघर मण्डलामा निरन्तर प्रदर्शन गर्दै आएका छन् र माग पूरा नभएसम्म आन्दोलन नरोकिने अडान लिएका छन्। आन्दोलन जारी रहेमा कक्षा १२ को परीक्षा सञ्चालनमा चुनौती आउन सक्ने देखिएको छ। यद्यपि, शिक्षकहरू परीक्षामा सहभागी नहुने अडानमा कायम रहेका बेला बोर्डको निर्णयले परिस्थिति थप जटिल बन्न सक्ने संकेत देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments