प्रधानमन्त्री ओलीको आग्रह : “विद्यालय फर्कनुहोस्, वार्ताबाट समाधान सम्भव छ”
23 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आग्रह गरेका छन्। नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले राज्यले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाए। विद्यालय शिक्षा विधेयक संसदको समितिमा छलफलरत रहेको उल्लेख गर्दै, ऐनको लागि सडक आन्दोलन आवश्यक नरहेको बताए। भर्ना अभियान र एसइई उत्तरपुस्तिका मूल्याङ्कनमा सहभागी भई गुणस्तरीय शिक्षातर्फ लाग्न आग्रह गर्दै ओलीले शिक्षकहरूको आन्दोलन विद्यार्थी र अभिभावकलाई घाटा हुने तर शिक्षकमाथि लाभ नहुने दाबी गरे।
सम्मेलनमा प्रधानमन्त्री ओलीले प्राध्यापक वर्गलाई देशको समृद्धि र प्रगतिका लागि बौद्धिक सक्रियता देखाउन आह्वान गरे। प्रतिगामी, उग्रवामपन्थी र विकृत प्रवृत्तिहरू विरुद्ध सचेत रहँदै प्राध्यापकहरूले लोकतन्त्रको रक्षार्थ विचार निर्माणमा लाग्नुपर्ने बताए। ‘मिशन २०८४’ अन्तर्गत मुलुकलाई अराजकता र असभ्यताको अँध्यारोबाट बचाउने अभियानमा बौद्धिक समुदायको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै, शिक्षाको पहुँच र गुणस्तरीयताबारे गम्भीर चिन्तन गर्न पनि उनले आग्रह गरे।
कमेन्ट गर्नुहोस्
view comments