शिक्षकहरूको आन्दोलन निरन्तर, आज पनि काठमाडौंमा प्रदर्शन

1 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख ८ गते ।  देशभरका शिक्षकहरूले आज पनि काठमाडौंमा केन्द्रित आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका छन्। विद्यालय शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा प्रदर्शन गर्दै आएका हुन्।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु हुने जानकारी दिएका छन्।

अध्यक्ष सुवेदीले भनेका छन्, "अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प छैन।" उनले आन्दोलनलाई अनुशासन र मर्यादामा राखेर संयमसहित निरन्तरता दिन शिक्षकहरूलाई आग्रह गरेका छन्।

यसैबीच, शिक्षकहरूले विद्यालय शिक्षा ऐनको शीघ्र कार्यान्वयनको माग गर्दै राजधानीमा प्रदर्शनलाई जारी राख्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?