आज विवाहपञ्चमीको तेश्रो दिन, जनकपुरधाममा धनुष यज्ञ मनाइँदै
4 वर्ष पहिले प्रकाशित
जनकपुरधाम, मंसिर १९ गते ।
रामजानकी विवाहपञ्चमीको तेश्रो दिन जनकपुरमा आज धनुष यज्ञ मनाइँदै छ ।
त्रेता युगमा जस्तै आजको दिन धनुष यज्ञमा भगवान रामले सीतासंग विवाहको लागि भगवान पर्शुरामले मिथिलाका राजा जनकलाई दिएको धनुष भाँच्ने गरिन्छ ।जानकी मन्दिरमा आज धनुष यज्ञ गर्ने कार्यक्रम रहेको महन्त रामतपेश्वर दासले जानकारी दिए ।
विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन शनिबार फुलबारी लीला सम्पन्न भइसकेको छ ।सप्ताहव्यापी विवाहपञ्चमीको चौथो दिन भोलि ९सोमबार० तिल्कोत्सव, मंगलबार राम र जानकीको मटकोर रहेको छ भने बुधबार मुख्यदिन विवाह रहेको छ ।बिहीबार रामकलेवा गरी विधिवत रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसंग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
कमेन्ट गर्नुहोस्
view comments