जनकपुरधाम नगरक्षेत्रमा मासु, मदिरा तथा लागु पदार्थको सेवन र विक्रीमा रोक
5 वर्ष पहिले प्रकाशित
जनकपुरधाम नगरक्षेत्रमा मासु, मदिरा तथा लागु पदार्थको सेवन र विक्रीमा रोक लगाइएको छ ।
भोली देखि सुरु हुन लागेको राम–जानकी विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा विक्री वितरण गर्न पूर्ण निषेध गरिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिएका हुन् ।
जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मंसिर २३ गते सम्पन्न हुनेछ ।
कमेन्ट गर्नुहोस्
view comments