प्रदेश २ नेपाली काँग्रेसका नेता प्रफुल घिमिरेले उपसभापतिमा उम्मेदवारी दिने घोषणा
5 वर्ष पहिले प्रकाशित
मंसिर १६ गते ।
नेपाली काँग्रेसका नेता प्रफुल घिमिरेले काँग्रेसको प्रदेश २ का उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै घिमिरेले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी विमलेन्द्र निधिको समुहबाट उपसभापतिमा उम्मेदवारी दिन लागेका हुन् ।
२०३५ साल देखि नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिकको सुरुवात गरेका घिमिरे पछिल्लो ४३ वर्ष देखि राजनीतिमा लागेकोमा पटक पटक जेल यातना भोगेको बताए ।उनी राराब स्ववियुमा उपसभापति, तत्कालिन जिल्ला विकासको इलाका नं. १३ संयोजक, नेपाली काँग्रेस जनकपुर नगरसमितिको सदस्य, सचिव भएका हुन् भने तरुण दलको जिल्ला अध्यक्ष, केन्द्रि सदस्य भएर काम गरिसकेको बताए ।
संगठन भित्रको विकृति विसंगतिहरुलाई हटाउन र नेपाली काँग्रेसलाई समावेशिताको शिद्धान्तको आधारमा विधिविधानमा मात्र सिमित नगरेर व्यवहारीकमा लागु गराउन उम्मेदवारी दिन लागेको बताए ।
कमेन्ट गर्नुहोस्
view comments