मेयर लालकिशोर साहविरुद्ध जनकपुरका केहि वडाध्यक्षसहितका जनप्रतिनिधि काठमाडौंमा प्रदर्शन गर्दै

5 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, मंसिर १३ गते ।

फोहोर नउठेको भन्दै जनकपुरका जनप्रतिनिधि काठमाडौंमा मेयर लालकिशोरविरुद्ध प्रदर्शन गरिरहेका छन् । नियमित सरसफाइ नभएको र फोहर नठ्दा नगर दुर्गन्धित भएको कारण काठमाडौैमै पुगेर प्रदर्शन गर्न बाध्य भएको जनकपुरधाम उपमहानगरपालिका ७ का वडाध्यक्ष जानकी रमण साहले बताए ।

उनीहरु माइतिघर मण्डलमा मेयर साह विरुद्ध प्रदर्शन गरेका हुन् ।

पाँच महिनादेखि मेयर साहले बोर्ड बैठक नगरेको, सरसफाइको गुहार लगाउँदा नसुनेको कारण संघीय सरकारलाई घचघचाउन काठमाडौ पुगेर आन्दोलन गर्नु परेको वडाध्यक्ष साहको भनाइ छ ।

केहि दिन अघि जनकपुरधाम उपमहानगरपालिकाको मेयर साहको कार्यकक्षमा वडाध्यक्षहरुले तालाबन्दी गरेका थिए । सो ताला मेयर साह पक्षधर वडा नं। १२ का वडाध्यक्ष सत्रोहन यादव लगायतले काटेर खोलेका छन् ।

काठमाडौं प्रदर्शनमा पुगेका वडा नं। ४ का वडाध्यक्ष सुदर्शन सिंहले जनकपुर फर्केपछि त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

काठमाडौं प्रदर्शनमा जनकपुरका केहि वडाध्यक्ष, वडा सदस्य, मासका संयोजक सरोज मिश्र लगायत सहभागि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?