रौतहटमा तीन बिगाहा खेतमा फलाएको धानमा आगलागी

5 वर्ष पहिले प्रकाशित

रौतहट, मंसिर १३ गते ।

रौतहटमा तीन बिगाहा खेतमा फलाएको धानमा आगलागी भएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका –७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको धानमा आगालागी भएको हो ।

काटेर थ्रेसरमा दौनी गर्न खलिहानमा राखिएको ६४० वटा धानको बोझा पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ ।

बुधाई यादवले लगाएको तीन बिगहा धानको भारी जल्दा कम्तिमा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको स्थानीय अर्जुन यादवले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले प्रहरी र गाउँले मिलेर दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएका छन् ।

धानमा कसैले आगो लगाएको हुन सक्ने प्रहरीको आशंका छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?