जनयुद्ध सहिद परिवारका २ गरी ४ जना नियुक्त गरेर प्रदेश २ सरकारद्वारा मधेशी सहिद प्रतिष्ठान गठन

5 वर्ष पहिले प्रकाशित

 

प्रदेश २ सरकारले मधेशी सहिद प्रतिष्ठान गठन गरेको छ ।मधेश आन्दोलन, जनयुद्ध र जनआन्दोलन लगायमा सहिद भएकाका परिवार तथा घाइते भएकाहरूको लागि हकहितको लागि सरकारले मधेशी सहिद प्रतिष्ठान गठन गरेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा दुईजना मधेश आन्दोलन र जनयुद्धका दुई -दुईजना सहिद परिवारका सदस्य गरि चारजनालाई नियुक्त गरेको छ ।


मधेश आन्दोलनका सहिद परिवारबाट सर्लाहीका रामनरेश राय यादव- सर्लाही र महोत्तरीकी सिम्पी कुमारी साहलाई नियुक्त गरेको छ । यस्तै जनयुद्धका सहिद परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाललाई नियुक्त गरिएको हो ।

चारजना सहिद परिवारबाट सदस्य नियुक्त भएकाहरुलाई बिहीबार एक कार्यक्रमबीच प्रतिष्ठानका अध्यक्ष समेत रहेेका आन्तरिक मामिला मन्त्री भरत प्रसाद साहले प्रमाणपत्र प्रदान गरेका छन् ।

मधेशी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संसोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिला मन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चारजना सदस्य र मुख्यमन्त्री कार्यालय लगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले सहिद र घाइतेलाई परिचयपत्र वितरण, अहिले पनि घाइते रहि उपचार गराउनेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्ति लगायतका व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यहरुलाई निर्देश दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?