धनुषामा पेट्रोल पम्पमा डकैती, रड प्रहारबाट सञ्चालक घाइते
5 वर्ष पहिले प्रकाशित
असोज,१९
रागिनी पण्डित
धनुषामा एक पेट्रोल पम्पमा डकैती भएको छ । विदेह नगरपालिका-७ स्थित रोसन ज्योती पेट्रोल पम्पमा सोमबार राति डाँकाहरूको समूहले मध्यरातमा लुटपाट गरेका हुन् । १० /१२ जना डाँकाहरूको समूहले मध्यरातमा आएर नगद, सुनचाँदी र मोवाइल लुटेर लगेका छन् । डाँकाहरूले रड प्रहार गर्दा पेट्रोल पम्पका सञ्चालक शम्भुनारायण साहको टाउकोमा चोट लागेको छ । जकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत साहको टाउकोमा सात वटा टाँका लगाइएको छ ।डाँकाहरूले ६ लाख नगद, ६/७ तोला सुन र केही चाँदी लुटेर लगेको उनले जानकारी दिए । पीडितले गिद्धा प्रहरी चौकीमा खबर गरे पनि प्रहरी घटनास्थल पुग्दा उनीहरू भागिसकेका थिए ।
कमेन्ट गर्नुहोस्
view comments