सप्तरीको राजविराज अस्पतालमा कार्यरत्त महिला कर्मचारी आफ्नै कोठामा मृत फेला
3 वर्ष पहिले प्रकाशित
असोज,१९ रागिनी पण्डित
कम्प्युटर अपरेटर पदमा कार्यरत सप्तरीको अस्पतालमा कार्यरत्त एक महिला कर्मचारी आफ्नै कोठामा मृत फेला परेका छन् । राजविराज नगरपालिका–२ की २६ वर्षीया रुवीकुमारी साफी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।एक वर्षअघि रुवीका पति अस्पतालको फार्मेसीमा कार्यरत राजन साफीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो।फार्मेसीमा कार्यरत पतिको मृत्यु भएपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिरसमेत दिएको थियो।स्थानीयवासीका अनुसार सासू र देवरले रुवीको तलब हात पार्न निकै प्रयास गरेपछि उनी घरेलु हिंसामा परेकी थिइन्। रूवी र राजनका दुई छोराछोरी छन्।घरझगडा सहन नसकेपछि आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
view comments