होटलमा युवतीसहित प्रहरी चौकी इन्चार्ज नियन्त्रणमा, स्थानीयको सूचनापछि प्रहरीले गर्यो उद्धार
7 घन्टा पहिले प्रकाशित
काठमाडौं, भाद्र १ गते । नमोबुद्ध नगरपालिका–४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) गणेशप्रसाद श्रेष्ठ युवतीसहित होटलबाट नियन्त्रणमा लिइएका छन्। आइतबार मध्यराति नमोबुद्धस्थित एक होटलबाट श्रेष्ठसहित दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रबिन कार्कीका अनुसार स्थानीयबाट सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनापछि श्रेष्ठको गतिविधिलाई लिएर स्थानीयले प्रश्न उठाएका छन् भने उनीमाथि स्थानीयले रिसिइबी साँधेको दाबी गरेको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट उत्कृष्ट प्रहरी घोषित भएका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments