आजको मौसम

2 वर्ष पहिले प्रकाशित

२०८० असार ४ । हाल देशको पूर्वी तथा मध्य भू(भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू(भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, प्रदेशमा सामान्य बदली रही रै स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू(भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहने महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानहरुमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू(भागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती पनि कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागको थोरै स्थानहरूमा तथा बाँकी भू(भागका ‍एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशको एक(दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि रहेको छ।

मेघ(गर्जनरचट्याङ्ग, बाढी, पहिरो भू(क्षय तथा गेग्रान बहाव ९मभदचष्क ायिध० तथा वर्षा का कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?