हल्कादेखि मध्यम वर्षाको सम्भावना
4 वर्ष पहिले प्रकाशित
असार २६ गते ।आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसमा बुलेटिन अनुसार देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राती देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी भूभागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments