महोत्तरी पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा राजिव प्रसाद साह निर्वाचित
4 वर्ष पहिले प्रकाशित
असार २६ गते ।महोत्तरी पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा राजिव प्रसाद साह निर्वाचित छन् ।
शनिबार सम्पन्न डिलर्स एसोसिएसनको पाँचौ जिल्ला अधिवेशनबाट साह अध्यक्षमा सर्वसहमति चयन भएका हुन् ।
उनी महोत्तरीको भंगहा नगरपालिकाको सीतापुर बजार स्थित राजिव आयाल स्टोर (पेट्रोल पम्प) का संचालक हुन् ।
समितिको उपाध्यक्ष वरिष्ट उपाध्यक्षमा आमोद कुमार यादव, उपाध्यक्षमा विरेन्द्रकुरमा चौधरी, महासचिव संजयकुमार चौधरी, सचिव रुपेश कुमार पुर्वे, कोषाध्यक्षमा दिनेशकुमार साह सर्वसहमति चयन भएका छन् ।
यस्तै समितिका सदस्यमा रामसिनेही साह, सत्यनारायण साह, दिपेन्द्र यादव र रामकृपाल साह छन् ।
एसोसिएसनका अध्यक्ष रामकिशोर सिंहको अध्यक्षता तथा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न अधिवेशनको उदघाटन सत्रमा विशिष्ट अतिथिमा जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार, महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, प्रहरी उपरीक्षक कृष्णकुमार पंगेनी लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
view comments