महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

4 वर्ष पहिले प्रकाशित

असार २४ गते । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ ।

महोत्तरी गाँउपालिका–५ गौरिगामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र एकजना गम्भिर घाइते भएका छन् ।

मोटरसाइकलमा सवार महोत्तरी गाँउपालिका–६ का ३० वर्षीय मुकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

गम्भिर घाइते भएका मुकेशको उपचारको क्रममा जलेश्वर स्थित प्रादेशिक अस्पतालमा शुक्रवार विहान मृत्यु भएको हो ।

३२ वर्षीय अनिल कुमार मण्डलको सोही अस्पतालमै उपचार भइरहेको छ ।

मडैबाट बलबातर्फ जाँदै गरेको ज ११ प १७२३ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?