मिटरव्याजी रामदेव साहका छोराछोरी पुर्पक्षका लागि कारागार चलान

4 वर्ष पहिले प्रकाशित

असार २३ गते ।सप्तरी जिल्ला अदालतले कुख्यात मिटरव्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।

न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले बुधबार अबेर ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्लाको खडक नगरपालिका-७ कल्याणपुरका दाजुबहिनी नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा राख्ने आदेश दिइएको जिल्ला अदालतका श्रेष्तेदारकुमार मास्केले जानकारी दिए।

मंगलबार दुवैको बयान सकिएपछि बुधबार साँझ अबेरसम्म थुनछेक बहस भएको थियो। दुवै पक्षको बहस सकिएपछि दाजुबहिनीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको मास्केको भनाइ छ।

सोही मुद्दमा फरार रहेका रामदेव र परिवारका अन्य सदस्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

साह परिवारमाथि जग्गा बन्धकी राखी चर्को मिटरव्याज असुली गर्ने र धेरैजसो ऋणीले व्याज चुक्ता गर्दा पनि धितो फिर्ता नगरेको आरोप छ।

सप्तरीकै नौजनाले साह परिवारमाथि संयुक्त रुपमा ठगी तथा आपराधिक विश्वासघातका उजुरी हालेका छन्। थुनछेक बहस चलिरहँदा अदालतको मूलढोकामा बुधबार पनि पीडितहहरूले प्रदर्शन तथा नाराबाजी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?