एक थान कटुवा पेस्तोलसहित दुईजना पक्राउ

4 वर्ष पहिले प्रकाशित

असार २३ गते ।एक थान कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-१ नम्सगराढाठ बस्ने २९ वर्षीय अनिल मुखिया र सोही ठाउँ बस्ने २५ वर्षीय गुड्डु मुखिया छन्। उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

नम्सगराढाठ पोखरीको डिलमा उनीहरूले हतियार देखाई धाकधम्की दिईरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?