स्थानीय तहहरुको उदाशिनताका कारण किसान सूचिकरण कार्यक्रम प्रभावित
4 वर्ष पहिले प्रकाशित
असार २१ गते ।स्थानीय तहहरुको उदाशिनताका कारण मधेश प्रदेशमा किसान सूचिकरण कार्यक्रम प्रभावित भएको छ ।
अन्य प्रदेशहरुमा किसान सूचिकरण कार्यक्रम तीव्र रुपमा अगाडि बढेपनि मधेश प्रदेशका स्थानीय तहहरुले त्यसमा चासो नराखेका कारण उक्त कार्यक्रमको अवस्था दयनिय रहेको छ । मधेश प्रदेशमा अहिले सम्म ८१ हजार २ सय ४४ जना किसानको मात्रै सूचिकरण गरिएको छ । त्यसमध्ये सबभन्दा बढी वारामा १६ हजार ९ सय ६१ र सबभन्दा कम सप्तरीमा २ हजार ८ सय ३५ जना किसानको मात्रै सूचिकरण हुन सकेको छ ।
त्यसैगरि, सिरहामा ५ हजार ३ सय २३, धनुषामा ४ हजार ५ सय ३७, महोत्तरीमा ६हजार ६ सय ८७, सर्लाहीमा १४ हजार ४ सय ५, रौतहटमा १४ हजार ९ सय ८२ र पर्सामा १५ हजार २ सय ८८ जना किसानको सूचिकरण गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका विप्लव कुमार गुप्ताले जानकारी दिए । धनुषा जिल्लामा भने सबभन्दा बढी मिथिला नगरपालिका २ हजार ७ सय ९७ जना किसानलाई सूचिकृत गरेको छ भने मुखियापट्टी मुसरनिया र जनकनन्दनी गाउँपालिकाले अहिले सम्म एक जना किसानको सूचिकृत गर्न सकेको छैन । त्यसै गरी महोत्तरीमा मनरा सिशवा नगरपालिकाले सबभन्दा बढी २ हजार ७ सय ११ जना भंगहा नगरपालिका र महोत्तरी गाउँपालिकाले एक जनाको पनि सूचिकृत गर्न सकेको छैनन् ।
कमेन्ट गर्नुहोस्
view comments