प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकको चरम लापरवाहीको एक घटना सार्वजनिक
4 वर्ष पहिले प्रकाशित
असार २१ गते । प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकको चरम लापरवाहीको एक घटना सार्वजनिक भएको छ । एक गर्भवती महिलाको चेकजाँच बिनैपित्तथैलीको शल्यक्रिया (अप्रेसन) गरिएको हो ।
यस्तो अवस्थामा चार महिना अघिकै अल्ट्रासाउण्डको आधारमा पित्त थैलीको शल्यक्रिया गर्दा बिरामीको ज्यान जोखिममा परेको हो ।
महोत्तरीको जलेश्वर नगरपालिका २ स्थायी घर भई हालः जनकपुरधाम उपमहानगरपालिकामा कोठा भाडा लिई बस्दै आएकी विभा चौधरीको शल्यक्रिया अस्पतालका चिकित्कले गरेका हुन् ।
२०७८ फाल्गुन २८ गते चिकित्सकको सल्लाह बिनै बिरामीले जनकपुरधाम स्थित लक्की अल्ट्रासाउण्डमा गराएको रिपोर्टको आधारमा नै चिकित्सकले शल्यक्रिया गरेको गम्भीर लापरबाही भेट्टाएको हो । डा.अमरेश कर्णले भर्ना गरेका विभालाई डा. राजेश साह र आश्विनी यादवले शल्यक्रिया गरेका हुन् ।
विभाका श्रीमान राजेश चौधरीका अनुसार जेठ अन्तिम साता ओपिडको सर्जन चिकित्सक डा. अमरेश कर्णलाई देखाउँदा रगत, छातिको एक्सरे, पिसाब जाँच इत्यादि गराउन लगाए । असार १२ गते भर्ना भएकी विभाको १३ गते पित्तथैलीको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रिया गर्न डा. राजेश साह, डा. अमरेश कर्ण र डा.आश्विनी यादवबीच सहमति भएको थियो ।
डा। राजेश साहले फिजिकल इक्जामिनेशन लिएर चेकजाँच बिनै सबै ठीक छ भन्दै १३ गते विभावको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रिया पछि विभाको स्वास्थ्य अवस्था नाजुक हुँदै जादा पिसाब, रगत , भिडियो एक्सरे जस्ता चेकजाँच गर्दा गर्भमा चार महिने शिशु हुर्कदै गरेको पाइएको श्रीमान चौधरीले बताए ।
चिकित्सकको चरम लापरवाहीले शल्यक्रिया पश्चात विभाको अवस्था चिन्ताजनक भएपछि गत जेठ १६ गते उनलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौं लगिएको थियो । उनी हाल मेडिसिटी अस्पतालमा उपचाररत्त छन् । उनको स्वास्थ्य अवस्थामा केहि सुधार आएको श्रीमान् चौधरीले बताए ।
शल्यक्रियामा संलग्न चिकित्सक मध्ये डा. राजेश साह, आश्विनी यादव र शल्यक्रियाका लागि भर्ना गराएका डा।अमरेश कर्णले मध्ये तीनै जनाले आफ्नो शल्यक्रियामा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् । उनीहरु एक चिकित्सकले अर्कोलाई दोषि देखाएर उम्किन खोजिरहेका छन्।
परिवारजनका अनुसार शल्यक्रियामा प्रत्यक्ष संलग्न रहेका चिकित्सक डा. राजेश साहले आफूले शल्यक्रिया नगरेको अवस्था विग्रदा आफुले मानवताको हिसाबले मात्र हेरविचार र सल्लाह दिएको दाबी गरे।
अर्को चिकित्सक डा. आश्विनी यादवले शल्यक्रियामा आफूले क्यामरा म्यान ९फोटोग्राफरको भुमिका मात्र निर्वाह गरेको दाबी गरे ।
यता बिरामी भर्ना गरेका डा. अमरेश कर्णले भिडियो एक्सरे मान्यता प्राप्त चिकित्सकले गरेको आधारमा आफुहरुले भर्ना सहित शल्यक्रियाको प्रक्रिया अगाडी बढाएको बताए।पीडित परिवारले उपचारमा चरम लापरवाही गर्ने चिकित्सकहरुमाथि कडा कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments