प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल सुरु
4 वर्ष पहिले प्रकाशित
असार २० ।मधेस प्रदेशको प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुन लागेका छ । प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९।०८० को बजेटमाथि २० दिनपछि छलफल सुरु हुने भएको छ।
मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।
बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।
यही असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आव ०७९।०८० का लागि ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए।
यसपछि प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक स्थगित भएको थियो।
कमेन्ट गर्नुहोस्
view comments