करेन्ट लागेर बारामा एक बालकको मृत्यु

4 वर्ष पहिले प्रकाशित

असार २० गते । करेन्ट लागेर बारामा ११ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको परवानीपुर गाउँपालिका– ५ बहुअरीका उपेन्द्र प्रसाद पटेलको छोरा ११ वर्षीय प्रिन्स पटेलको मृत्यु भएको हो ।

घरमा जडान भएको मोटर चालउने क्रममा करेन्ट लागेर बालक घाइते भएका थिए ।

वीरगञ्जस्थित मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?