लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु:अध्यक्ष दत्त
4 वर्ष पहिले प्रकाशित
असार १९ गते ।सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको २५० वर्षभन्दा बढी पुरानो लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले प्रतिबद्धता व्यक्त गरेका छन् ।
मधेशका जिल्लाहरुको अनुगमनको क्रममा अध्यक्ष दत्तले बलान बिहुल गाउँपालिकाको मौवाहा गाउँमा पूर्वउपराष्ट्रपति परमानन्द झासहित मन्दिर व्यवस्थापन कार्यसमितिका पदाधिकारीहरुसँगको भेटमा सो प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
मन्दिरलाई व्यवस्थापन तथा सौन्दर्यकरण गर्न पनि आयोगले मुख्य भूमिका खेल्ने उनले बताए ।
सो मन्दिर व्यवस्थापनको लागि आफूले एक चरणको काम गरिसकेको र बाँकी काम पनि यथाशीघ्र गर्ने उनले बताएका थिए ।
अध्यक्ष दत्त स्थानीयवासीसँग भेट गरी समस्याको जानकारी लिने र समाधानको पहल गर्ने उद्देश्यले मधेश प्रदेशका ग्रामीण भेगहरुको भ्रमणमा रहेको उनको सचिवालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments