बर्दिवासमा प्रिमियम लिटोको प्याकेट भित्र परे किरा फेला

4 वर्ष पहिले प्रकाशित

असार १६ गते ।उपभोग गर्ने म्याद बाँकी नै रहेको सर्वोत्तम प्रिमियम लिटोको प्याकेट भित्र किरा फेला परेको छ ।

चौधरी गु्रप अन्तगर्तको इन्स्ट्यान्ट मेएल कम्पनी दुबही सुनसरीले प्याकेजिङ गरेर बजार पठाएकोे लिटोमा किरा फेला परेको हो ।

महोत्तरीको बर्दिवास–१ स्थित नेमिसा फार्मेसीबाट उपभोक्ता मनोज महतोले लिटो खरिद गरेका थिए । बच्चालाई खुवाउन लिटोको प्याकेट फुटाउँदा किरा फेला परेको भेटिएको थियो ।

प्रहरी, प्रशासन र स्थानीय जनप्रतिनिधिको टोलीले गुणस्तरहिन लिटोको प्याकेटलाई जफत गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।

इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख सन्देश अधिकारी, इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रवी रावल र बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भोला खड्कासहितको टोली फार्मेसीमा पुगेर खानतलासी गरेका थिए ।

उपभोक्ता महतोले नावालक बच्चाको स्वास्थ्यसंग लिटो उत्पादक कम्पनीले खेलवाड गरेको बताए । यस्ता गतिविधी गर्ने कम्पनीमाथि कारवाही गर्नु पर्ने उनले प्रहरी प्रशासनसंग माग गरेका छन् ।

सन् २०२२ मे मा प्याकिङ गरेको लिटोको प्रयोग मिति २०२३ अप्रिलसम्म रहेको छ । प्रयोग गर्ने समय बाँकी रहँदै लिटोको प्याकेट भित्र किरा भेटिएको इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख अधिकारीले बताए ।

‘चौधरी गु्रपको सर्वोत्तम लिटोको प्याकेट भित्र किरा भेटिएको हामीले पाएका छौं । फार्मेसीमा रहेको यसै कम्पनीका अन्य लिटोका प्याकेट पनि हामीले शिलबन्दी गरेका छौं । खाद्यय गुणस्तर जाँच गरेर कारवाही गर्छौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?