सर्लाहीमा कालोपत्रे गर्ने क्रममा ट्यांकर पड्किँदा ७ जना घाइते

4 वर्ष पहिले प्रकाशित

असार १५ गते । सर्लाहीमा कालोपत्रे गर्ने क्रममा ट्यांकर पड्किँदा ७ जना घाइते भएका छन्।

मंगलबार साँझ करिब साव ६ बजेको समयमा गोडैता नगरपालिका ४ रोहुवा स्थित हुलाकी सडकखण्डमा कालोपत्र गरिने तातो अलकत्राको ट्यांकर बिलडिङ गर्ने क्रममा पड्किँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ट्यांकर पडकिँदा तातो अलकत्रा काम गरिरहेका कामदारको जिउमा पर्दा घाइते भएको र उनीहरूमध्ये अधिकांशलाई वर्ण अस्पतालमा रिफर गरिएको सूचना अधिकारी विजय यादवले जानकारी दिए।

ट्यांकर पडकिँदा गोडैता ४ रोहुवाका २० वर्षीय शिवुकुमार चौधरी गम्भीर घाइते भएका छन्। उनको अनुहारसहित शरीरको ६५ प्रतिशत भाग पोलिएकाले सामान्य उपचारपश्चात थप उपचारको लागि वर्ण अस्पातालमा रिफर गरिएको यादवले बताए।

यस्तै, १७ वर्षीय अभिषेक पटेल, १८ वर्षीय अनुराग चौधरी, ३५ वर्षीय बिजुली राउत, रौतहटको माधवनारायण नगरपालिका ४ का ३० वर्षीय सुरेन्द्र हजारी, रौतहटकै गरुडा नगरपालिका ५ घर भई चन्द्रनगर गाउँपालिका ४ बस्ने ३२ वर्षीय राजिव कुमार साह र पर्साको बहुदरामाई नगरपालिका ६ गम्हरिया बस्ने ३२ वर्षीय गोपाल यादव घाइते भएको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?