जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
4 वर्ष पहिले प्रकाशित
असार १३ गते ।सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
जिपको ठक्करबाट डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुबिर रामको मृत्यु भएको हो ।
पैदल हिडिरहेका उनलाई गएराती पौने १२ बजे बा १८ च ९३९० नम्बरको जिप पछाडी सार्ने क्रममा ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments