महोत्तरीको जलेश्वर कारागारमा एक कैदीको मृत्यु
4 वर्ष पहिले प्रकाशित
असार १० गते । महोत्तरीको जलेश्वर कारागारमा एक कैदीको मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेका छन् ।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादवको आज बिहान मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
बिहान २ बजे एक्कासी बेहोस भएका उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments