सिरहामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने एक जना कर्मचारीलाई पक्राउ

4 वर्ष पहिले प्रकाशित

असार ९ गते ।सेवाग्राहीलाई गाली गर्ने लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालका एक कर्मचारी पक्राउ परेका छन् ।

नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।

सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको डीएसपी कुमार मैनालीले बताए ।सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएको थियो ।

सो क्रममा उनले अभद्र गालीगलौज गर्दै दुर्व्यवहार गरेका थिए । सो भिडियो अहिले समाजिक सञ्जालमा भाइरहल भइरहेको छ ।ती कर्मचारीलाई कडा कारबाही हुनुपर्ने माग उठिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?