सर्लाहीमा एक युवकको धारिलो हतियार प्रहार गरी बीभत्स हत्या

4 वर्ष पहिले प्रकाशित

असार ७ गते । सर्लाहीमा एक युवकको धारिलो हतियार प्रहार गरी बीभत्स हत्या भएको छ ।

सर्लाहीको कबिलासी नगरपालिका ८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या भएको हो ।

आज बिहान हत्या भएको अवस्थामा उनको शव घरभन्दा केही पर सडक छेउको खेतमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले टुडेपाटीलाई जानकारी दिए ।

शव भेटिएको ठाउँमा सडकमा र घटनास्थलमा पनि रगतका छिटा देखिएको छ ।

युवकको शव आज बिहान फेला परेपछ प्रहरीलाई स्थानीयले खबर गरेका थिए ।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?