जनकपुरको बासबारी रेष्टुरेन्टमा भीषण आगलागी
4 वर्ष पहिले प्रकाशित
असार ७ गते । जनकपुरको बासबारी होटेलमा भीषण आगलागी भएको छ ।
जनकपुरको सुकरबारी बजार नजिक मसाला कटेजसंगै टासिएर रहेको बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा भिषण आगलागी भएको हो ।
झण्डै आधा घण्टाअघि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीबाट रेष्टुरेन्ट जलेर पुर्ण रुपमा धवस्त भएको स्थानीयले जानकारी दिए ।
प्रहरी र वारुणयन्त्र घटनास्थलमा पुगिसकेको धनुषाका डिएसपी प्रदिप बहादुर क्षेत्रीले बताए । उनका अनुसार आगलागीको कारण खुलिसकेको छैन ।
कमेन्ट गर्नुहोस्
view comments