वीरगञ्ज भन्सारले उठायो लक्ष्य भन्दा बढी राजश्व
4 वर्ष पहिले प्रकाशित
असार ६ गते ।देशको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ महिनामा लक्ष्य भन्दा बढी राजश्व सँकलन गरेको छ ।
यस महिनामा वीरगञ्ज भन्सार कार्यालयले १८ अर्ब ८ करोड ३७ लाख ४१ हजार राजश्व सँकलन गरेको छ । यो भन्सार विभागबाट वीरगञ्ज भन्सारले पाएको लक्ष्य भन्दा ७ दशमलव ९ प्रतिशतले बढी हो ।
यस महिनामा विभागबाट वीरगञ्ज भन्सार कार्यालयले कुल १६ अर्ब ७५ करोड ६८ लाख ९५ हजार रमजश्व सँकलन गर्ने लक्ष्य पाएको थियो । जेठ महिनामा वीरगञ्ज भन्सार कार्यालयले सबै भन्दा बढी मूल्य अभिवृद्धि करबाट ७ अर्ब ८९ करोड ७४ लाख ३५ हजार रुपैयाँ राजश्व सँकलन गरेको छ ।
यस्तै भन्सार महसुलबाट ६ अर्ब २२ करोड ६६ लाख २५ हजार रुपैयाँ राजश्व सँकलन गर्न सफल भएको छ । त्यस्तै अन्तःशुल्कबाट जेठ महिनामा एक अर्ब ५० करोड ३८ लाख ३४ हजार रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुरबाट ४० करोड २७ लाख ३४ हजार रुपैयाँ, सडक मरम्मत तथा सम्भार दस्तुरबाट २७ करोड ८८ लाख २१ हजार रुपैयाँ, कृषि सुधार शुल्कबाट ११ करोड २६ लाख ३५ हजार रुपैयाँ राजश्व सँकलन गरेको छ ।
कमेन्ट गर्नुहोस्
view comments