मधेस प्रदेश सरकारले चार पाङ्ग्रे सवारीसाधन खरिद नगर्ने गरे दाबी

4 वर्ष पहिले प्रकाशित

असार २ गते ।मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चार पाङ्ग्रे सवारीसाधन खरिद नगर्ने दाबी गरेको छ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को विनियोजन विधेयक पेश गर्दै सवारीसाधन खरिदमा रोक लगाइएको बताएका हुन्।

‘आगमी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन,’ मन्त्री साहद्वारा प्रस्तुत बजेटमा भनिएको छ।

संघ र प्रदेश सरकारहरुले खर्च कटौती र सवारीसाधन खरिद नगर्ने घोषणा हरेक वर्ष गर्ने गर्छन्। तर, सवारीसाधन खरिद रोकिँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?