मधेस प्रदेश सरकारले ल्यापटप किन्नका लागि छुट्याए ७७ करोड रुपैयाँ
4 वर्ष पहिले प्रकाशित
असार २ गते । मधेस प्रदेश सरकारले बेटी ल्यापटप किन्नका लागि ७७ करोड रुपैयाँ छुट्याएको छ ।
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९–८० को बजेट विनियोजन विधेयक पेस गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान प्रभावकारी बनाउने भन्दै ल्यापटप किन्नका लागि मात्रै ७७ करोड रूपैँया छुट्याएको जानकारी दिए ।
कक्षा ८ का छात्रलाई साइकल खरिदका लागि सोझै छात्राको खाता अनुदान रकम हस्तान्तरण गरिने उल्लेख गर्दै मन्त्री साहले बजेटमा उल्लेख गरेका छन्, ‘प्रदेशका सामुदायिक विद्यालयहरूमा कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्याउन एक एक थान ल्यापटपसमेत उपलब्ध गराउन उक्त कार्यक्रमका लागि ७७ करोड ४० लाख बजेट विनियोजन गरेको छु ।’
कमेन्ट गर्नुहोस्
view comments