बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दामा आरोपित व्यक्तिलाई जन्मकैद

4 वर्ष पहिले प्रकाशित

असार १ गते । जिल्ला अदालत पर्साले बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दामा आरोपित व्यक्तिलाई जन्मकैदको फसला गरेको छ। पर्साको सखुवाप्रसौनी गाउँपालिका -२ का देवशंकर दास चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो।

जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालले आरोपितलाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालतका सूचना अधिकारी धनीप्रसाद चपाइले जानकारी दिए।

चौधरीलाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। उनले २०७७ साल मंसिर ११ गते चार वर्षीया नाबालिकालाई ललाइफकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेका थिए।

पीडित बालिकाका बुबाले किटानी जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले गाउँबाटै चौधरीलाई पक्राउ गरेको थियो। उनले प्रहरी समक्ष जबरजस्ती करणी गरेको स्वीकारे पनि अदालतमा भने जाहेरी दरखास्त झुटो रहेको र आफूले जबरजस्ती करणी नगरेको बयान दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?