किसानहरुलाई यसैपालिबाट पेन्सन दिन सुरु गर्ने

4 वर्ष पहिले प्रकाशित

असार १ गते ।किसानहरुलाई यसैपालिबाट पेन्सन दिन सुरु गर्ने प्रयास हुने कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले बताएका छन् ।

प्रतिनिधिसभामा उठेको प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘किसानले जति पनि उत्पादन हुन्छ त्यसको केही पेन्सनका लागि राख्नुपर्ने हुन्छ । सरकारले १० प्रतिशत राख्छ ।’

मन्त्री यादवले किसान पेन्सनका लागि सरकारले कार्यविधि बनाउने बताए । सबै किसानको परिचय पत्र बनाउने, त्यसपछि कस्ता किसानलाई पेन्सन दिने भनेर वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने उनले बताए ।

उनले भने, ‘यसैपालिबाट किसानलाई पेन्सन दिने कुरा बजेटमा गरिएको छ । हामी चाहन्छौं यसैपालिबाट किसान पेन्सन दिनुपर्छ यसका लागि कार्यविधि बनाउनुपर्ने, छलफल गर्नुपर्ने छ ।’
अर्थमन्त्री जनार्दन शर्माले किसानलाई पेन्सन दिने आगामी वर्षको बजेटमा कार्यक्रम ल्याएका थिए । यस कार्यक्रम अनुसार हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गरिदिनेछ । कोष स्थापना गर्न विउ पूँजीका रुपमा १ अर्ब छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?