मधेश प्रदेश सरकार आज बजेट ल्याउँदै

4 वर्ष पहिले प्रकाशित

असार १ गते । मधेश प्रदेश सरकार आज आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट ल्याउँदै छ ।

असार १ गतेमा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुरुप मधेश प्रदेश सरकारले पनि आज बजेट ल्याउन लागेको हो ।

आज अपराहन्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

चालु आर्थिक वर्षभन्दा बढी बजेट ल्याउने तयारीमा सरकार छ ।

करिब ४० अर्ब बजेट मधेश सरकारले ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?