विद्यालयमाथि छानविन गरी कारवाही गर्न सुरुआत

4 वर्ष पहिले प्रकाशित

जेठ २५ गते ।पर्साको विन्ध्यवासिनी गाउँपालिकाले दिवा खाजामा अनियमिता गर्ने विद्यालयमाथि छानविन गरी कारवाही गर्न सुरुआत गरेको छ ।

केही सामुदायिक विद्यालयहरुले मापदण्डअनुसार विद्यार्थीहरुलाई खाजा नखुवाउने गरेको फेला परेपछि कारवाही प्रक्रिया अघि बढाउन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए।

चालु आर्थिक वर्ष ०७८र७९ मा पालिकाभित्रका कूल १४ सामुदायिक विद्यालयमा विद्यार्थीहरुका लागि एक सय दिनको खाजा खर्चस्वरुप ५० लाख रुपैयाँ ती विद्यालयहरुमा विनियोजन गरिएको थियो ।

विन्ध्यवासिनीका अध्यक्ष प्रमोद तिवारीले तालिकाअनुसार विद्यार्थीलाई खाजा नखुवाउने विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।

पालिकाले विद्यालय खुल्ने दिन विद्यार्थीहरुलाई आवश्यक पौष्टिक तत्व पुग्ने गरी प्रत्येक दिन फरक फरक तरिकाको खाजाको परिकारसहित खाजा तालिका निर्धारण गरेको छ ।

यद्यपि सो खाना तालिकाभन्दा गुणस्तरहीन खाना खुवाउने विद्यालयलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?