जग्गा नाप्ने क्रममा विवादः कुटपिटबाट एक जनाको मृत्यु
4 वर्ष पहिले प्रकाशित
जेठ २४ गते । जग्गा नाप्ने विषयमा विवाद हुँदा बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
विवाद भएर कुटपिट हुँदा सोही गाउँपालिका–६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो।सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएपछि दुई पक्ष कुटपिटमा उत्रिएका थिए।
कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएकोमा उपचारकै क्रममा राति साढे ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरेको बाराका प्रहरी प्रबक्ता डिएसपी राजेस थापाले जानकारी दिए।
घटनाको अनुसन्धान सुरू गरिएको थापाले बताए।
कमेन्ट गर्नुहोस्
view comments