विदेह नगरपालिका का नवनिर्वाचित वडाध्यक्ष राधेश्याम गोइतले गरे पदभार ग्रहण
4 वर्ष पहिले प्रकाशित
जेठ २३ गते ।विदेह नगरपालिका वडा नं. ५ का नवनिर्वाचित वडाध्यक्ष राधेश्याम गोइतले पदभार ग्रहण गरेका छन् ।नवनिर्वाचित मेयर बेचन दासको प्रमुख आतिथ्य र उपमेयर आशा देवी झाको विशिष्ट आतिथ्यमा वडाध्यक्ष गाइतेले एक समारोहबीच पदभार सम्हालेका हुन् ।
पदभार ग्रहण गर्दै वडाध्यक्ष गोइतले वडाबासीको जनभावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘जनताको काम नै मेरो प्राथमिकता हो । सबैलाई समेटेरे, बडाबासीको भावना बुझेर अगाडी बढ्छु ,’ उनले भने ।पदभार ग्रहण समारोहमा नेकपा एकीकृत समाजवादीबाट मेयरका प्रत्यासी राजकिशोर रोहिता यादव, पूर्व वडा अध्यक्ष विजय गोइत, संजय यादव, सुनिल मण्डल, कमलदेब गोइत, बिरेन्द्र मरबैता, सन्तोष यादव लागयत बुद्धिजिवी, कर्मचारी, वडाबासी लगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
view comments