सिरहामा एक पुरुषको शव फेला परे इनारमा

4 वर्ष पहिले प्रकाशित

जेठ १९ गते ।सिरहामा औषधि लिन गएका एकजनाको शव इनारमा फेला परेको छ ।

सिरहाको गोलबजार नगरपालिका-२ टुर्किया निवासी ४८ वर्षीय ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव इनारमा फेला परेको हो ।

सोमबार साँझ श्रीमतीका लागि औषधि लिन गएका साह बेपत्ता भएका थिए ।

उनको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको प्रहरीले जनाएको छ ।

‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलाश सुरु गरिएको थियो । सो क्रममा उनको शव इनारमा फेला परेको हो ।

परिवाजनले उनको हत्या भएको दावी गर्दै दोषीमाथि पत्ता लगाएर कडा कारबाही गर्न माग गरेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?