मधेश प्रदेश: चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिक पक्राउ

4 वर्ष पहिले प्रकाशित

जेठ १८ गते । चार किलो चाँदीका गहनासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहारको मधुवनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरीलाई सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टाबाट पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरेको जानकारी दिनुभयो ।

चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो । बरामद गरिएको गहनाको बजार मूल्य ४ लाख ३८ हजार ९ सय रुपैयाँ रहेको बताइएको छ । चौधरीलाई राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?